शाहरुखको फिल्म ‘स्यालुट’ मा करिना ‘आउट’ फतिमा ‘इन’

एजेन्सी, २३ पुस । फिल्म ‘जिरो’ फ्लप भएपछि बलिउड अभिनेता शाहरुख खानले अर्को फिल्मको सुटिङ थाल्ने भएका छन् ।

तीन महिनापछि शुरु हुने भनिएको उक्त फिल्मको सुटिङ जिरो फ्लप भएकै कारण तुरुन्तै शुरु गरिने भएको हो ।

शाहरुखले खेल्न लागेको फिल्म हो ‘स्यालुट’। जुन फिल्मको लागि शुरुवातमा आमिर खानलाई अनुबन्ध गरिएको थियो तर बिशेष कारण देखाउँदै आमिर बाहिरीए पछि शाहरुखले चान्स पाएका हुन् ।

यस फिल्मबारे अर्को कुराको पनि खुलासा भएको छ । अभिनेत्री करीना कपुर खानलाई पनि यस फिल्मबाट आउट गराएर अर्कै अभिनेत्री खोज्न थालिएको छ । मिडियाका अनुसार करिनाको ठाउँमा फतिमा सना शेखलाई लिने चर्चा चलेको छ ।