राजा महेन्द्र देखि ज्ञानेन्द्र सम्मको महिला गाडी चालक, सुनाइन् राजदरबार भित्रको काहानी (भिडियो सहित)

काठमाडौँ । स्वर्गीय राजा महेन्द्र को गाडी चालक भएर दरवारमा सेवा गर्नु भएकी नेपालकी प्रथम महिला गाडीचालक १०२ वर्षिय वृद्ध आमा रामा देबि श्रेष्ठ ले राजा महेन्द्र र राज परिवारको सम्झना गर्दै निक्कै भावुकताका साथ नेपाल सरकारलाई ,सबैलाई समान व्यवहार ,मायाममता र स्नेह दिएर मेलमिलापका साथ कल्याणकारी शासन चलाउन सुझाव दिएकी छ्न । नेपालका नेताहरुमा बि पि कोइराला ,सेरबहादुर देउवा र प्रकाशमान सिंहलाई नजिक बाट चिनेको भए पनि पछिल्लो समय प्रकाशमान मात्र आफुलाइ भेट्न आउने गरेको बताउनु भएको छ । नेकपा को नेता प्रचण्डको नाम थाहा भए पनि प्रचण्ड सग भेट घाट कुराकानी भने नभएको बताउनु भयो । वहाँले राजा महेन्द्र दयालु र विवेकसिल , राजा भएको बताउदै राज सस्था समाप्त पारिदा र बिरेन्द्रको हत्या गर्दा आफुलाइ असाध्यै दुखलागेको बताउनु भयो ।

जीवन मा कसै प्रती पुर्वाग्रह नराख्ने राम देबि को घर जग्गा र महेन्द्र ले गरिखाउ भनेर दिएको गाडी घरभाडामा बस्ने मानिस ले झुक्याएर बेचिदिएर पैसा सबै खाइदिए पछि सुकुम्बासी बन्नु भएकी वहाले यस्तो अन्याय हुदा पनि त्यस बिरुद्द कसै प्रती उजुर गर्नु भएन ।साचो र सुद्द आत्मानै इस्वर भएको बताउदै आमाले आफू बाचुन्जेल आश्रममा नै बस्ने बताउनु भयो । आश्रमकी सन्चालक दिल शोभालाई आमा को सम्मान गर्ने रमा देबि श्रेष्ठ ले आश्रम को भलाइमा योगदान गर्न र परोपकारको भावनाकी धनी दिल सोभाप्रती माया ममता दर्साउन पनि अनुरोध गर्नु भएको छ ।

भिडियो हेर्नुहोस :