बम्जन आश्रममबाट के प्रमाण लिएर फर्कियो त सिआइबी टोली ?

सिन्धुपाल्चोक, २३ पुस । सिन्धुपाल्चोकको बाँडेगाउँस्थित ‘तपस्वी’ रामबहादुर बम्जनको आश्रममा दुई दिनसम्म अनुसन्धान गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) टोली फर्केको छ ।

अनुयायी हत्या गरी गाडेको आरोप लागेको आश्रमबाट नुनका खाली पोका र कोइलाका नमूना संकलन गर्दै सिआइबी टोली फर्केको हो ।

बिज्ञसहितको सिआइबी र सिन्धुपाल्चोक प्रहरी टोलीले संयूक्त रुपमा शुक्रबार आश्रम नियन्त्रणमा लिएर छापा मारेको थियो ।

टोलीले शनिबार अनुयायीको शब गाडिएको भनिएको क्षेत्र समेत उत्खखन् गरेको थियो ।