बाथराेगबारे जानाैँ ! कुन उमेरमा बढी हुन्छ? लक्षण र सावधानिः सहित

बाथज्वरो अति गरीब राष्ट्रहरूमा बढी देखिने रोग हो। नेपालको अति कम आयस्रोत र अस्वस्थ वातावरणमा बसोबास गर्ने बालबालिकाहरू नै यस रोगबाट बढी पीडित हुन्छन्। बाथज्वरो रोगको उपचार समयमै नभएमा मुटुका भल्भहरू खराब भई मुटु बिग्रिने भएकाले रोगबाट बच्न विशेष र्सतर्कता अपनाउनु पर्छ ।

बालबालिकालाई घाँटी दुख्ने, थुक निल्न गाह्रो हुने, टन्सिल बढ्ने आदि समस्या हुन्छ । स्टेप्टोकक्स बेटा हेमोलाईटिकस नामक ब्याक्टेरियाले गर्दा हुने रोग हो। बाथज्वरो भएका बिरामीमा मुख्यतया घाँटी दुख्ने र ज्वरो आउने, ज्वरोसहित जोर्नीहरू दुख्ने र सुन्निने, ज्वरोसहित मुटु दुख्नेजस्ता समस्या देखिन्छन्। सामान्यतया, स्टेप थ्रोट को सही उपचार हुन सकेन वा निवारण हुन सकेन भने यो रोगको विकास हुन्छ ।

कुन उमेर र लिङ्गमा बढी हुन्छ ? बालबालिकामा बाथज्वरो खासगरी ५ वर्षेखि १५ वर्षभत्रका बढी देखिन्छ। बाथज्वरो २४ वर्षन्दा माथिको उमेरमा ज्यादै कम मात्रामा भएको पाइन्छ। बाथज्वरो पुरुषभन्दा महिलाहरूमा बढी पाइएको छ।

बाथज्वरोको लक्षण के हो ? -केही दिनअघि घाँटी दुख्ने गर्छ।

-ज्वरो बढ्दै गई १०३ देखि १०५ डिग्री फरेनहाइटसम्म हुन्छ। ज्वरो ३ हप्तासम्म आउँछ। तर कहिलेकाहीँ ३ महिनासम्म रहन सक्छ। शरीरमा पसिना ज्यादै आउँछ, पसिना आए पनि ज्वरो भने घट्दैन। नाडीको गति ज्यादै हुन्छ।

– नाडी, कुहिना, घुँडाजस्ता ठूला जोर्नीहरू बढी दुख्ने हुन्छ तर साना जार्नी नदुख्ने हुन्छ। दुख्ने जोर्नीहरू आराम गर्दा वा बेस्सरी चलाउँदा पनि कम हुँदैन। जोर्नीहरू सुन्निने हुन्छ र सरेर एउटाबाट अर्कोमा जान्छ। ज्वरो आउँदा दुखेको वा सुन्निएको पहिलो जोर्नीपछि दोस्रो जोर्नी दुखेमा पहिलो जोर्नीको दुखाइ कम हुन्छ।

-बाथज्वरो अवस्था खराब भएमा शरीरमा डल्ला गाँठाहरू देखिन्छन्। गाँठा एक सोन्टिमिटरदेखि डेढ सेन्टिमिटरसम्मका हुन्छन्।
– छाला मुनिका हाडहरू जस्तै: टाउकोपछाडिको भाग, कुमपछाडि, ढाड, हात, खुट्टाको अघिल्लो भागको हाडमा यस्ता गिर्खा भेटिन्छन्। – बाथज्वरो कम्मरको छेउको भाग र नितम्बतिर रातो चकाजस्तो देखिन्छ।

-कहिलेकाहीँ ज्र्रिो, हात, खुट्टाहरू आफैं चलिरहन्छन्। यसलाई र्रुयुमाटिक कोरिया भनिन्छ।
असर के हो ?

-बाथज्वरो रोगले गर्दा मुटुका तीन तहहरू पेरिकार्डियम, मायोकार्डियम र इन्डोकार्डियम सुन्निएर मुटु दुख्ने, मुटुका भल्भहरू खराब गर्ने र मुटुको आकार ठूलो भएर जाने गर्छ।

सावधानिः
वातावरण स्वस्थकर बनाउनुका साथै खासगरी बालबालिकाको लागि पोषणयुक्त खानाको व्यवस्था गर्नुपर्छ। घाँटी, दुख्ने, हल्का ज्वरो आउने, जोर्नीहरू दुख्नेजस्ता समस्या आउँदा बेलैमा उपचार गर्नुपर्छ। यति मात्र गर्न सकेमा पनि बालबालिकालाई बाथ-मुटुको रोगबाट धेरै हदसम्म बचाउन सकिन्छ।

बाथज्वरो भएको हो वा होइन भनेर थाहा पाउन रगत परीक्षण गर्नुपर्छ। रक्तपरीक्षणमा सेता रक्तकोषहरूको संख्या निकै बढी देखिन्छ। मुटुमा यस रोगले कुनै खराबी गरेको छ वा छैन भनेर थाहा पाउन इलेक्ट्रोग्राफी र इलेक्ट्रोग्राम गर्नुपर्छ।

बालरोग बिशेषज्ञ, उप-प्राध्यापक ,बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ,धरान