सुन्दा एकादेशको कथा जस्तो तर बास्तबिक जीवन रुकुम निबासि कृष्ण र रुपाको ! आफ्नो जिबन साथीलाई पहिला कै रुपमा हेर्नका लागि तीन करोड नेपालीलाइ रुपाको अपिल (भिडियो) पनि हेर्नुहोला

काठमाडौँ  – मेरो जीवनसाथी रुकुम निबासी कृष्ण अोलीको यहि मिति २०७५/२/२५ गते बिधुत पछाडि टेन्डरको काम गर्दा करेन्ट लागेर गम्भीर घाइते भएकाले लखनऊ रिफर गरिएको तर अबस्थामा सुधार नआएको हुनाले उहालाई नेपाल रिफर गरिएको थियो।

काठमाडौं स्थित किर्तिपुर अस्पताल र Grande अस्पतालमा उपचार गरी उहाँको जिबन बचाउन त सफल भयौं तर उहाँको दुवै हात र एउटा खुट्टा काट्नु पर्यो । उहाको उपचारको लागि थुप्रै पैसाको जरुरत भएको छ। हाम्रो परिवार आफन्त हरुको सहयोग बाट यतिसम्म गर्न सफल भएका छौं। परिवारको अार्थिक स्थिती कमजोर भएकोले उहाँलाई सहयोग गर्ने हामी सबैको दाइत्व पनि हो।

त्यसैले म सबैलाई उहालाई आफुले सक्दो सहयोग गर्न हार्दिक अपिल गर्दैछु। हजुरहरुको एउटा सानो सहयोगले कसैको जीवन बच्छ भने त्यो नै सबैभन्दा ठूलो धर्म हो।सहयोगको लागि तल लिखित खातामा पैसा जम्मा गरिदिनु होला। धन्यवाद ।sunrise bank A/C 0770503165205001 Name Krishna oli Rukum simle branch