राती सुत्नु भन्दा अगाडी कहिले नखानुस यी १० खाने कुराहरु

धेरै मसालेदार खाना खाएमा राति सुत्न गाह्रो हुन्छ । कारण हो एसीडीटी । धेरै एसीडीटी भएपछि हाम्रो शरीर भारी हुन्छ । रातमा सुत्नै सकिँदैन । पेट दुख्न थाल्छ ।

सुन एसीडीटी एक सामान्य रोग हो तर जसलाई पर्छ उसलाई यसले धेरै सताउँछ । यो दिनको दुईचार पटकसम्म पनि हुन सक्छ ।

एसीडीटीले मान्छेलाई सताउँछ तर यसको समाधान हामी घरमै गर्न सक्छौ । यसलाई हामीले घरमा गरिने दैनिक क्रियाकलापबाट पनि निर्मूल पार्न सक्छौँ ।

यसको अन्त्यका लागि घरमा यी तरिका अपनाउनुहोस्-

बेसारः

दहीमा बेसार मिसाएर खानाले तपार्इंलाई छिटो आराम मिल्छ । यदि तपार्इँलाई कब्जियतको समस्या छ भने पनि फाइदा पुग्छ

ज्वानोः

ज्वानोको फाइदा धेरै छन् । जसमध्ये एसिडिटिलाई निर्मूल पार्नु पनि हो । दुई चम्चा ज्वानोलाई एक कप पानीमा हालेर पानी पकाउने । एक कप पानी आधा हुने बेलासम्म पकाएपछि चिसो बनाई यसलाई पिउँदा तपाईलाई एसिडिटीको समस्याबाट केही राहत पुग्छ ।

तुलसीको पातः

तुलसीको पात रुघाखोकी लागेको बेलामा मात्र होइन, यसलाई हरेक समस्यामा प्रयोग गर्न सबिन्छ । एसिडिटि भएको बेलामा यसलाई पनि पानीमा उमालेर चिसो बनाई खाँदा समस्यामा राहत पुग्छ ।

अमलाः

तपाईलाई सधै एसिडिटि भइरहन्छ भने तपार्इं अमलालाई पनि प्रयोग गर्न सक्नुहुन्छ । तपाईले यसको प्रयोग पकाएर गर्न सक्नुहुन्छ ।

जीराः

जीरालाई पनि ज्वानो तुलसीको पत्ता जसरी प्रयोग गर्न सकिन्छ । यसलाई धेरै एसिडिटि भएको बेलामा मुखमा सुख्खा राखेर बिस्तारै खान पनि सकिन्छ ।