कुलुङको निधनले महासङ्घ स्तब्ध

काठमाडौँ, २२ पुस | नेपाल पत्रकार महासङ्घले काठमाडौँ शाखाका सदस्य मकरध्वज (एमडी) कुलुङको निधन भएकामा दुःख व्यक्त गरेको छ । महासङ्घले आज विज्ञप्ति जारी गरी उहाँको निधनले नेपाली पत्रकारिता क्षेत्रले उर्जाशील युवा पत्रकार गुमाएको जनाएको छ ।

अठचालीस वर्षीय कुलुङको उपचारको क्रममा आज काठमाडौँको चावहिलस्थित हेल्पिङ हेण्ड अस्पतालमा निधन भएकोे हो । महासङ्घले दिवङ्गत आत्माको चिरशान्तिको कामनाका साथै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ । उहाँ मधुमेह र उच्च रक्तचापबाट पीडित हुनुहुन्थ्यो । लामो सयमदेखि पत्रकारितामा सक्रिय पत्रकार कुलुङ पछिल्लो सयम राजधानी राष्ट्रिय दैनिकमा जिल्ला ब्यूरो प्रमुखको रुपमा कार्यरत हुनुहुन्थ्यो । उहाँका श्रीमती र एक छोरा हुनुहुन्छ । रासस