‘लर्निङ डिसेबिलिटी’ भएका युवकलाई बलात्कार गरेको आरोपमा युकेमा एक नेपाली पक्राउ, तोकियो १३ वर्ष जेल सजाय

बेलायत, २२ पुस । बेलायतमा एक जना नेपालीले युवकलाई बलात्कार गरेको घटना सार्बजनिक भएको छ ।

बेलायतको रेडिङ सहरमा युवकलाई बलात्कार गरेको आरोपमा ४३ वर्षीय नेपाली देउकुमार लिम्बुलाई प्रहरीले पक्राउ गरेको छ ।

बेलायतको स्थानीय अदालत रेडिङ क्राउन कोर्टले रेडिङ सहरमा बस्दै आएका २२ वर्षीय नेपाली युवकलाई अप्राकृतिक बलात्कार गरेको ठहर गर्दै लिम्बुलाई १३ वर्षको जेल सजाय तोकेको छ ।

उक्त अदालतले गत जुन महिनाको ७ तारिखका दिन लिम्बुले ‘लर्निङ डिसेबिलिटी’ भएका २२ वर्षीय ती युवकमाथि यौन हिंसा गरेको ठहर गरेको हो । ती पीडित युवकको परिचय भने गोप्य राखिएको छ ।

लिम्बुले ती युवकलाई प्ले ग्राउण्डमा लगेर उनीसँग जबर्जस्ती यौन सम्बन्ध राखेको प्रहरीले जनाएको छ । आरोपितले सहमतिमै सम्बन्ध राखेको भन्दै आरोप स्विकार नगरेपछि प्रमाण स्वरुप घट्नाको सिसीटिभी फुटेज पनि अदालतमा पेस गरिएको थियो ।