नवनिर्वाचित प्रधानमन्त्री शेख हसिनाले सोमबार सपथ लिंदै
ढाका, २२ पुस । बंगलादेशको नवनिर्वाचित प्रधानमन्त्री शेख हसिनाले सोमबार सपथ लिने भएकी छन् ।
गत डिसेम्बर ३० मा सम्पन्न निर्वाचनबाट उनको दलले संसदमा बहुमत हाँसिल गरेसँगै हसिना पुनः प्रधानमन्त्री हुन लागेकी हुन् । प्रधानमन्त्रीका रुपमा शेख हसिनाको यो लगातार तेस्रो कार्यकाल हुनेछ ।
शेख हसिनासँगै नयाँ मन्त्रिपरिषदको पनि सोमबार नै सपथ हुनेछ । बंगलादेशका राष्ट्रपति अब्दुल हमिदले शेख हसिनालाई सरकार गठन गर्न औपचारिक आमन्त्रण गरेका छन् ।
यता जातीय औक्या फ्रन्टले भने प्रधानमन्त्रीको सपथ कार्यक्रम बहिस्कार गर्ने जनाएको छ । मुख्य प्रतिपक्षी बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) र यसको गठबन्धनले चुनावी परिणाम अस्वीकार गर्नुका साथै स्वतन्त्र सरकारको नेतृत्वमा नयाँ निर्वाचन गराउन माग गरेको छ ।