हिलो छ्यापा छ्याप गर्ने मनशाय मेरो अझैपनि थिएन,मैलेपनि बारम्बार श्रीमतिका प्रेमीहरु गनेर बस्न चाहिन भन्दै रविले पोष्ट गरे यस्ता तश्विरहरु (फोटो सहित)

काठमाडौँ । केहि दिन यता देखि सामाजिक संजालभरि चर्चा परिचर्चाको बिषय बनेको छ संचारकर्मी रबि लामिछाने को व्यक्तिगत जीवन । लामिछानेको वैवाहिक सम्बन्ध बारे अनिके टिका टिप्पणीहरु पनि भए ।

पारिवारिक समस्या र सम्बन्ध विच्छेदको बिषयले यति बेला ठुलो रुप लिएको छ । पछिल्लो समयमा सामाजिक संजालमा लामिछानेको व्यक्तिगत जीवन बारे अनेक किसिमका समाचारहरु बाहिर आए । रबिका पुर्व श्रीमती ईशाले एक तर्फी मात्रै अन्याय परेको भन्ने किसिमका केहि समाग्री र समाचारहरु सार्बजानिक गरेपछि रबिले पुन: दोस्रो पटक नराम्रो गर्ने चाहना नहुदा नहुदै बाध्य भएर केहि समाग्रीहरु सार्बजनिक गरेका छन् । एक एर्कालाई दोषी देखाएर हिलो छ्यापा छ्याप गर्ने मनशाय अझैपनि नभएको र आफुलाई मात्र दोषी देखाउने गरि केहि सामाग्रीहरु सार्बजनिक भएपछि आफु पनि बाध्य भएर पोष्ट गरेका बताएका छन् ।

हेर्नुहोस रविको स्टाटस जस्ताको त्यस्तै:

“ईज्जत लिलाम गर्ने मनशाय नहुदा नहुदैपनि अप्रिय र अपाच्य सामाग्रीहरु सार्वजनिक गर्न बाध्य भए।हिलो छ्यापा छ्याप गर्ने मनशाय मेरो अझैपनि थिएन। मैलेपनि बारम्बार श्रीमतिका प्रेमीहरु गनेर बस्न चाहिन।अर्का बिदेशी महानुभाव लाई घरमै बोलाएर हात जोडेर मेरि श्रीमतीलाई छोडिदेउ भनेर छोरीहरुकै अगाडी बिन्ती बिसाएको कुरा छोरीहरुले धर्म नछोडी सम्म्झिउन”।

“सबै कुरा पुराना हुन।यो तस्बिरपनि पुरानै हो, Renew गर्ने मन छैन तर आफैलाई घृणा गर्नु पर्ने उनको कथा जस्तो मेरो अतीत कदापि थिएन, छैन र हुदैनपनि।सानो उदाहरण नराखे, मलाई थोरै भएपनि बिश्वास गर्नेहरुको शिर झुक्छ।बाकी हेर्न चाहनेहरुले मलाई ब्यक्तिगत रुपमा भेट्नु होला।उनको कथा उनले भने जस्तै मात्र भए २ झापड हानेर फोटोपनि खिच्नु होला। म आज स्तरहिन मान्छे हुन बाध्य भए। यो भन्दा तल अब म जान चाहन्न”।

यो पनि पढ्नुहोस:

  • अन्तत क्यामेरा अगाडी आएर आफ्नो जिन्दगी बारे बोले रबि लामिछाने : जीवनसाथीसँग सुख-दुख, घाम-छाँया विताउन पाएका भाग्यमानीहरुलाई ‘म’ जस्ता अभागीको पीडा के थाहा !

काठमाडौँ। पछिल्लो ४८ घण्टा एकदमै तनावमा वित्यो । व्यवसायिक जिन्दगी र क्रियाकलापका बिषयमा एउट पनि प्रश्न देखिएन तर मेरो व्यक्तिगत जीवनसँग सम्बन्धित र वितेका पुराना कुराहरुलाई लिएर भैरहेको टिका टिप्पणीले आफ्नै कठघरमा आँफै उभिएर नितान्त निजी बिषयमा स्पष्टीकरण दिनु परेको छ ।

रबि लामिछानेले आफु स्तब्ध हुदै बोलेको कुरा हेर्नुहोस :

विद्धान दर्शकहरुले न्यायाधीशको भुमिका निर्वाह गरिदिनु हुनेछ । जिवनको एउटा कालखण्डमा घटेको घटनालाई लिएर निराश बनेर निधार खुम्च्याउने कि विगतका कमी कमजोरीबाट सिकेर अघि बढ्ने भन्ने २ विकल्प बाहेक म सँग तेस्रो बाटो छैन ।

केही घण्टा अगाडि पत्रकार मित्र विनोद त्रिपाठीजीले लेख्नु भएको आलेख पढेपछि म पुन उर्जावान भएको छु । त्यसैले आज विनोद जीका पंत्तिहरु सापटी लिदै आफ्नै बारे सीधाकुरा राख्ने अनुमति चाहन्छु । कोही कसैलाई सम्बन्ध विच्चेद गर्ने, परिवार भाँड्ने रहर हुँदैन । सम्बन्धहरु एक जनाबाट मात्र बन्ने र विग्रने पनि हुँदैन्न ।

कति कारणहरु यस्ता हुन्छन् जसलाई प्रकाशन प्रशारण गर्दा सम्बन्धित व्यक्तिको मानसपटलमा निकै गहिरो असर पर्दछ । के हरेक मानिसको जीवनमा मित्रता, प्रेम, सम्बन्ध, सम्बन्ध विच्छेद जस्ता घटना हुँदैनन् र ? कुन परिस्थितीको परिणामले सम्बन्ध बिग्रन्छ र मानिस गलत निर्णयहरुको दलदलमा भाँसिन्छ भन्ने कुरा बुझ्न त्यही परिस्थिति, तिनै पात्र, त्यही समयमा फर्किनु पर्ने हुन्छ ।

अर्ती, उपदेश, गाली, आलोचना, धारणा बनाउनेहरुलाई जति सजिलो भोग्नेलाई कहाँ हुन्छ र ।
जीवनमा एउटै सम्बन्ध, एउटै प्रेमिका, तिनै जीसाथी र तिनैसँग सुख दुख, घाम छाँया विताउन पाएका भाग्यमानिहरुलाई म जस्ता अभागीको पीडा के थाहा । मानिसको व्यक्तिगत जीवनको रहस्यका वास्तविकता नबुझी धारणा बनाइदिदा सामाजिक सञ्जालका लाइकहरु मात्र बढ्ने न हुन । उमेर पुगेपछि हुने भौतिक र पे्रेममाय सम्बन्धहरु गैर कानुनी होइनन् ।

तर उत्पन्न परिणामको जिम्मेवारी लिएको छ कि छैन त्यो महत्वपूर्ण कुरा हो । युवा अवस्थाका सम्बन्धहरु कोट्याएर मानिसको निजी जीवनलाई समाप्त पार्ने बदनियतपूर्ण प्रयास भैरहेको देख्दा मैले के अपराध गरेछु भनेर सोच्न बाध्य हुन्छु । सम्बन्ध विच्छेद भैसकेपछि त्यो अध्याय समाप्त हुन्छ ।
च्याप्टर स्वतः क्लोज हुन्छ । संसारमा कही पनि सम्बन्ध विच्छेदलाई फेरी व्युँउताएर कसैलाई बदनाम गराउने चलन छैन । सहमतिमा भएका हरेक सम्बन्धहरुमा दुवैको बराबर जिम्मेवारी हुन्छ । सम्बन्धहरु जसरी जोडिन्छन्, त्यसरी नै टुटे भने त्यसमा एक जनाको मात्र दोष हुदैन ।

दुवै उत्तिकै भागिदार हुन्छन् । आफ्ना कुनै पनि सम्बन्धहरुको जिम्मेवारी नलिएको भए म कानुनी सजाएको हकदार हुनु पर्छ । गैर कानुनी काम गर्न मलाई यो दुनियाको कुन कानुनले छुट दिन्छ र ? तर कानुन को पूर्ण पालना गरेर आफ्ना विग्रिएका, भत्किएका, नासिएका, मासिएका सबै कुरा क्रमबद्ध रुपमा समाधान गरी यो समाजमा मुसुक्क हाँस्ने मेरो अधिकारको हत्या नभइदिए हुन्थ्यो ।

के म कसैप्रति अन्याय नगरी आँफूमाथी थोरै न्याय गर्ने चेष्टा गर्न सक्छु ? मेरो व्यक्तिगत जीवन कसैका लागि पनि प्रेरणाको स्रोत बन्न लायक छैन होला तर मेरो व्यवसायीक जीवनले उत्प्रेरित ती हजारौ युवाहरुलाई थप प्रेरणा दिन पनि मैले उठ्नै पर्छ । म खराब थिए होला । बर्षौं अगाडिका मेरा निर्णयहरु खराब थिए होलान् ।

एउटा आम सर्वसाधारण व्यक्तिको रुपमा मैले गरेका क्रियाकलापहरु अत्यन्त गैर जिम्मेवारी पूर्ण भए होलान् । तर आज म जिम्मेवार भएको छु । हिजो भैसकेको कुनै पनि कुरा म बदल्न सक्दिन तर हिजोका घटनाहरुबाट म बदलिएको छु ।

आज यति धेरै दर्शकहरुको साथ र आशलाई जिम्मेवारीका साथ प्रतिनिधित्व गर्नु पर्छ भन्ने कुरामा म सजग छु, सचेत छु । म खराब मानसिकताबाट उत्प्रेरित भएको भए सार्वजनिक जीवनमा आउने नै थिइन । संसारको कुनै पनि गल्लीमा लुकेर बस्थे ।

गुमनाम हुन्थे । मैले आफ्नोपी उठ्ने निर्णय गरे । थोरै सफलता पनि मिल्यो र सायद यही थोरै सफलता नै मेरो शत्रु बनेर पाइला पाइलामा उभिदिन्छ । वितेका कुरा कोट्याइनु, विच्छेद भएको सम्बन्धलाई विउताएर, अर्र्ती उपदेश र व्यङग प्रहार हुनु । एक मनले एकै छिन सोचे । सबैको बाटोको तगारो र घाँडो बनेर के बस्नु, होस् छाडिदिन्छु यो सब ।

फेरी अर्को मनले सोचे, कलिला बालबालिका माथि जघन्य अपराध भैरहेरेको छ । बिषको पोको बोकेर अन्तिम उपायका रुपमा कार्यालयमा आउनेहरुको भीड घटेको छैन, चेलीहरु एक देशबाट अर्को देशमा सामान जस्तै वेचिएको वेचिएकै छन् । घुसखोरी, दलाली, कशिन खोरी मौलाएको छ । स्वस्थ्य चौकीहरुमा डाक्टर र औषधि छैनन्, युवालाई ठगेर मोटाउनेहरुको भुडी फुट्न फुट्न आँटेको छ । अड्डाहरुमा फाइलै पिच्छे घुस खुल्लम खुल्ला चलिरहेको छ । यौन पिपासुहरु कलिला छोरी चेली माथि बक्र दृष्टी लगाएको लगाइ छन् ।

बोल्न नसक्नेहरु केवल बलिन्द्रधारा आँशु मात्र बगाउँछन् । सरकारको रेडियो र टिभि भित्र छिर्न पासै छैन, पास भएपनि आशै छैन, साइबर क्राइम गर्नेहरु छोरी चेलीको फोटोहरु फोटोसप गर्दै नाङ्गो पारीरहेका छन् । नुनदेखि सुनसम्मको महंगी र कालो बजारी व्याप्त छ । दलहरुका भ्रष्टाचार ज्यादतीमा खबरदारी गर्नै बाँकी छ ।

सडकमा गुड्ने साइकल यान देखि आकाशमा उड्ने विमानसम्म घोटलै घोटाला छ । कति हो कति । व्यक्तिगत जीवनमा वितेका घटना कोट्याएर कमजोर पार्ने प्रयास अगाडि कसरी घुँडा टेक्ने ? दर्जनाँै चेलीको उद्धार यही स्टुडियोबाट भयो, दर्जनौँ भ्रष्टाचारीहरु यहिबाट जेल गए । विष पिउँछु भनेकाहरु नयाँ जीवन पाएर नयाँ जिवनको स्वाद पिइरहेका छन् । वृद्ध बा आमाहरु खाना पिना र आवास पाएर आर्शिवाद दिइहेका छन् ।

स साना बालबालिकाहरु विदेशीहरुसँग बेचिन जानबाट रोकिएका छन् । दलालहरु दुलो भित्र लुकेका छन् । बाढी पीडित मुसहरहरु निर्धक्कसँग आफ्नै घरमा बसेका छन् र छिट्टै दुर्गम कर्णालीको कालीकोटको रासकोटमा १५ शैयाको स्मार्ट डिजिटल अस्पताल बन्ने तयारीमा छ ।
रासकोटका धेरै सुत्केरी आमा र शिशुहरुको ज्यान बचाउनु छ । पछि हट्ने जाबो एउटा कारण छ, तर अघि बढ्ने सयाँै हजाराँै कारणहरु छन् । एउटा गीतको सम्झना आयो,‘म लडेको मात्र हु मरेको छैन’ ।

व्यक्तिगत जीन्दगीमा प्रहार गरेर मलाई सिध्याइनै दिने षडयन्त्रकारीहरुको सायद यो अन्तिम अस्त्र थियो तर मेरो चाँही यो अन्तिम क्षमता होइन । व्यक्तिगत जीन्दगी पनि उच्च नैतिकता र आदर्शले भरिपूर्ण हुन सकेको भए राम्रो हुन्थ्यो, म त्यसमा चुके तर भविष्यमा सचेत र सजग रहन्छु ।
मलाई विश्वास गर्नेहरुले मेरो कारण कहिले पनि आफ्नो शिर निहुराउन पर्ने छैन । आफ्नो पेशाप्रति म सधै इमान्दार छु र रहीरहने छु । तर व्यक्तिगत जिन्दगी मेरै मात्र लयमा कहाँ चलेको रहेछ र । गोरेटोमा भेटिने र दोबाटोमा छुट्टीनेहरुको नियत मेरो बशमा रहेन ।

मैले आँफूलाई बचाउन यी कुराहरु राखेको होइन, केवल आँपैmलाई प्रेरणा दिन मात्र हो जसको मलाइ्र्र आज खाँचो प¥यो । मेरो व्यक्तिगत स्पष्टीकरण नेशनल टेलिभिजनमा सुन्नु परेर तपाईको जीवनको जति पनि अमुल्य मिनेटहरु खर्च भए म त्यसको ऋण सत्कर्मबाट तिरेरै छोड्छु, यही कार्यक्रम मार्फत ।

म सँग एक एक सेकेण्डको हिसाब लिनुहोला । यति बोलिसकेपछि बल्ल म लाख पटक हारे पनि जित्न सक्ने भए, करोड पटक लडेर पनि उठ्न सक्ने भए, अर्बौं चोट खाएर पनि मल्हम लगाउन सक्ने भए । यो मेरो भर्खरै आकासीएको आत्म विश्वासलाई अभिमान देख्नेहरुले आफ्नो चस्मा बदलुन् । म त हिड्छु मेरै बाटो खुट्टा तान्दै गर ।

श्रोत : न्यूज२४नेपालबाट