अब बलिउड अभिनेत्री दीपिका पादुकोणको सबै जानकारी उनकै वेभसाइटमा

काठमाडौं – बलिउड अभिनेत्री दीपिका पादुकोणको अब सबै जानकारी उनकै वेभसाइटमा प्राप्त गर्न सकिने भएको छ । यही जनवरी ५ बाट ३४ वर्ष लागेकी उनले आफ्नो जन्मदिनको अवसरमा वेवसाइट सार्वजनिक गरेकी हुन् । साइट लञ्च गर्दै दीपिकाले आफ्नो बारेमा सम्पूर्ण जानकारी यतैबाट पाउने बताइन्। आफ्नो वेवसाइट खुलेको बारेमा उनले ट्वीटर मार्फत जानकारी दिएकी हुन्।

दीपिकाले यो वेवसाइटमा आफ्नो करियरको महत्वपर्ण फोटो र जानकारी राखेकी छन्। यहाँ पाठकले उनलाई सुझाव पनि दिन सक्छन्। उनको बारेमा www.deepikapadukone.com बाट जानकारी पाउन सकिन्छ।

दीपिकाले ओम शान्ति ओमबाट बलिउडमा डेब्यू गरेकी हुन्। उनी सन् २०१८ को नोभेम्बरमा अभिनेता रणवीर सिंहसँग विवाह बन्धनमा बाधिएकी छिन ।