जनकपुरबाट ४ हुण्डी कारोबारी पक्राउ, ८३ लाख नगद बरामद
काठमाडौ, २२ पुस । जनकपुरबाट ४ जना हुण्डी कारोबारीलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रदेश कार्यालय जनकपूरबाट खटिएको प्रहरीको टोलीले ८३ लाख ५७ हजार नगद सहित उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भारत मधुवनी बासोपट्टका सन्तोष महतो, नरेश महतो र जनकपुर उपमहानगरपालीका १९ का विजय यादव र माख्तर रहेका छन् ।
सरकारले अबैध ठानेको हुण्डी कारोबार जनकपुर उपमहानगरपालिका ११ स्थित किशोरीनगरमा रहेको रामेश्वर शाहको घरमा हुन्छ भन्ने सुचनाको आधारमा त्याहाँ पुगेको प्रहरीले नगदसहित उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरी कार्यालयका प्रमुख हरि पालको अनुसार पक्राउ परेका व्यक्तिको साथबाट प्रहरीले विभिन्न बैकंकको ३० थान चेक , बैंक भौचर र हुण्डी कारोबारको लागि प्रयोग भएका हिसाब खाताको साथै ६ थान मोबाइल बरामद गरेको प्रहरीले जानकारी दिएको छ ।