आगलागीबाट दुई घर जलेर नष्ट भएको छ

सल्यान, २२ पुस | आगलागीबाट यहाँ आज दुई घर जलेर नष्ट भएको छ । कालिमाटी गाउँपालिका– ६ घारेघारीमा आगलागी हुँदा ओमबहादुर खत्री र चित्रबहादुर खत्रीको घर जलेर नष्ट भएको स्थानीय हिरालाल शर्माले जानकारी दिनुभयो ।

आगलागीबाट लत्ताकपडा, अन्नपात र पसलको सम्पूर्ण सामान जलेर नष्ट भएको छ । आगलागीको ो कारण खुल्न सकेको छैन । घर जलेर नष्ट भएपछि पीडित छिमेकीको घरमा बस्नु भएको छ । रासस