मिस्टर एण्ड मिस शेर्पाको ट्यालेन्ट सो सम्पन्न फाइनल माघ एक गते ! (भिडियो) सहित
काठमाडौं – मिस्टर एण्ड मिस टीन शेर्पाको सिजन –१ को ट्यालेन्ट राउण्ड सपन्न भएको छ ।
गौतम बुद्ध फिल्मस् प्रा.लि.ले आयोजना गरेको मिस्टर एण्ड मिस टिन शेर्पाको ट्ल्यान्ट राउण्ड राजधानीको बौद्धमा सम्पन्न भएको हो । काठमाडौं सहित सिन्धुपाल्चोक , भोजपुर , ताप्लेजुङ लगायत विभिन्न जिल्लाबाट सहभागी भएका छन् । ट्यालेन्ट शो मा २५ जना प्रतियोगीहरुले नृत्य, गायन, भाषाण र तस्बिर बनाउने कला ,लगायत विभिन्न कलाहरु प्रस्तुत गरेका थिए ।
मिस्टर टिन शेर्पा उपाधिका लागि १० जना किशोर र मिस टिनका लागि १५ जना किशोरीले अडिसन राउण्ड पार गदै ट्यालेन्ट सो राउण्ड आईपुगेका हुन । कार्यक्रमका प्रमुख अतिथि एवं नेपाल पर्वतारोहण संघका पूर्व अध्यक्ष आङ छिरिङ शेर्पाले किशोर किशोरीलाई आत्मविश्वास बढाउन मूख्य भूमिका निर्वाह गर्ने बताए ।
आयोजक गौतम बुद्ध फिल्मस प्रा. लि.का संस्थापक छिरिङ डोमा शेर्पाले , ‘धर्म कला संस्कृतिलाई संरक्षण गर्न तथा शेर्पा समुदायमा लुकेर रहेको प्रतिभालाई प्रस्फुटन गराउनका साथै शेर्पा समुदायको युवालाई नेतृत्व गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्षम र क्षमतावान युवा शेर्पा नेतृत्व समुदायले पाउने मुख्य उद्देश्यका साथ यो कार्यक्रम गरेको बताइन् ।’ कार्यक्रम सञ्चालन पुनम शेर्पाले गरेका थिए । प्रतियोगिताको फाइनल माघ १ गते काठमाडौको प्रज्ञा भवनमा हुनेछ ।
भिडियो ……