धमिलो पानीमा माछा पार्ने रहर नगर्न प्रधानमन्त्री ओलीको कांग्रेसलाई सुझाव

काठमाडौँ, २२ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सम्बोधन गर्दै निर्मला पन्तलाई सरकारले नै न्याय दिलाउने बताएका छन् ।

प्रहरी निकायले देशमा हुने लगभग ९६ प्रतिशत घटनामा सफल अनुसन्धान गर्दै आएको हुँदा केहि घटनालाई लिएर विरोध गर्न आवश्यक नरहेको ओलीले बताएका हुन् ।

उनले भने, “निर्मला र अन्य छोरी चेलीलाई न्याय दिने सरकारले नै हो, ढुक्क भए हुन्छ, निर्मलालाई पनि हामीले न्याय दिलाउछौँ ।”

ओलीले प्रतिपक्षी कांग्रेसलाई धमिलो पानीमा माछा पार्ने रहर नगर्न सुझाव पनि दिए । अपराध न्यूनिकरणका लागि अहिले झण्डै २१ सय वटा सिसि क्यामेरा विभिन्न ठाउँहरुमा राखिएको पनि संसदमा जानकारी गराए ।