यीनै हुन् कंसाकारलाई कालोमोसो दल्ने वैद्यका कार्यकर्ता, प्रहरीले समात्यो

काठमाडौं, २२ पुुस । महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाले शुक्रबार नेपाल वायु सेवा निगमका महाप्रबन्धक सुगरत्न कंशाकारलाई कालोमोसो दल्ने मोहन वैद्यको नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारीका कार्यकर्ता पक्राउ गरेको छ ।

क्रान्तिकारी युवा लिगका कार्यकर्ता चन्द्रागिरी–४ का ३७ बर्षिय सुरेश तामाङलाई थानकोटबाट आइतबार पक्राउ गरिएको महाशाखा प्रमूख धीरजप्रताप सिंहले जानकारी दिए ।

वाइडबडी विमान प्रकरणमा घोटाला गर्न कंसाकारको मुख्य भुमिका रहेको भन्दै तामाङले कार्यकक्षमा गएर कालोमोसो दलेका थिए । कंसाकारले भने चन्दा रकम नदिए पनि आफूमाथि कालोमोसो दलिएको प्रतिक्रिया दिएका थिए ।