यसरी बनाउनुस् स्वादिलो गाजरको खीर ! आबश्यक सामाग्री र बिधि सहित

काठमाडौं । जाडोमा बच्चा र ठूलाहरूलाई गाजरको खीर खान खुबै आनन्द आउँछ । तात्तातो खीर खाँदा आनन्द नआउने कुरै हुँदैन । खीर स्वादिलो र स्वास्थ्यकर हुन्छ । यसलाई बनाउन सजिलो पनि छ।

सामग्री
गाजर २०० ग्राम
दूध एक लिटर
काजु तीनवटा
बदाम तीनवटा
किसमिस तीनवटा
पिस्ता तीनवटा
चिनी ७० ग्राम
अलैंचीको धूलो एक चिम्टी

विधि
गाजरलाई पहिला मज्जाले कोर्नुस् ।

फेरि एउटा प्यानमा एक लिटर दूध मधुरो आगोमा उमाल्नुस् ।

दूध मज्जाले उमालेपछि गाजर हाल्नुस् र तीन मिनेटका लागि मज्जाले पकाउनुस् ।

त्यसमा काजु, बदाम, किसमिस र पिस्ता हाल्नुस् ।

अब त्यसमा चिनी र अलैंचीको धूलो हालेर फ्लेभर मिक्स गर्नुस् ।

गाजरको खीर तयार भयो । यसलाई तात्तातो पस्किनुस् ।