बेलायतकी राजकुमारी मेगन सुन्दरतामा नम्बर १

एजेन्सी, २२ पुस । बेलायतका राजकुमार ह्यारी र अमेरिकी अभिनेत्री मेगन मार्कल गत बर्ष वैवाहिक जी
वनमा बाधिएका छन् ।

बेलायतको विडन्सर क्यालमा भएको विवाहलाई बेलायती सञ्चार माध्यमले बिशेष चासोका साथ प्रचार प्रसार गरेका थिए । विवाह राजकिय साज सज्जा र सम्मानको साथ सम्पन्न भएको थियो । जसलाई राजकीय परिवारमा भएको एकदमै उत्कृष्ट विवाहको रुपमा लिएको थियो ।

मेगन मार्क हलिउडकी सफल अभिनेत्री हुन्, उनको सुन्दरताको कारणले पनि उनि चर्चामा छिन् । एक रिपोर्टका अनुसार मेगन केट मिडल्टन भन्दा पनि राम्री मानिन्छन् ।

मेगनको पहिलो टिभी सिरियल सुट्स हो, उनी त्यहिबाट प्रख्यात हुन सफल भएकी हुन् । मेगनको जन्म ४ अगस्ट १९८१ मा भएको थियो । सानै छदाँ उनको आमाबुबाले सम्बन्ध बिच्छेद गरेका थिए ।

हेर्नुहोस् हलउडकी सुन्दरी मेगनको केहि तस्विरहरु :