राजधानी दैनिकका बरिष्ठ उपसम्पादक मकरध्वज (एमडी) कुलुङको अल्पायुमै निधन !

काठमाडौं, २२ पुस । राजधानी दैनिकका पत्रकार मकरध्वज (एमडी) कुलुङ अब हामी माझ रहेनन् ।

राजधानीको चाबहिलस्थित हेल्पिङ हेन्ड अस्पतालमा आइतबार बिहान उपचारका क्रममा उनको निधन भएको हो ।

उनी शनिबार साँझ मात्रै अस्पतालमा भर्ना भएका थिए । उनी राजधानी दैनिकमा वरिष्ठ उपसम्पादक हुन् ।

कुलुङका श्रीमती र एक छोरा छन् ।