ह्वातै घट्यो सुनको मुल्य , कति छ त आजको बजार भाउ ? हेर्नुहोस्

काठमाडौँ | आज आइतबार नेपाली बजारमा सुनको मुल्य ह्वातै घटेको छ । आज सुनको मुल्य तोलामा एक्कासी ५ सय रुपैयाले घटेको हो । शुक्रबार प्रतितोला ६० हजार ३ सय रुपैयामा किनबेच भइरहेको छापावाला सुनको मुल्य आज ह्वातै ५ सय रुपैयाले घटेर तोलामा ५९ हजार ८ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै तेजावी सुनको मुल्य प्रतितोला ५९ हजार ५ सय रुपैंयामा किनबेच भइरहेको महासंघले जनाएको छ ।त्यसैगरी आज चाँदीको मुल्य पनि तोलामा १० रुपैयाले घटेर ७ सय ५५ रुपैयामा कायम रहेको महासंघले जनाएको छ ।