काग्रेसका यी सांसदले राखे श्रीमती र भदैनीलाई पीए !

गाईघाट, २२ पुस । प्राय संसदहरुले आफ्नै नजिकको आफन्तलाई स्वकीय सचिव राख्ने गरेका छन् । जसमध्ये नेपाली काग्रेसका पूर्व जिल्ला सभापती तथा उदयपुरका प्रदेश सांसद हिमाल कार्कीले श्रीमतीलाई नै पीए राखेर तलब लिने गरेको रहस्य खुलेको छ ।

उदयपुर क्षेत्र नम्बर १ (ख) बाट प्रदेश सभामा निर्वाचित सांसदले श्रीमती नतासा राणालाई पीए देखाएर तलब लिने गरेका हुन ।

काग्रेसकै अर्का सांसद संन्जा कुमारी दनुवारले पनि भदैनीलाई पीए राखेको खुलेको छ । सांसद दनुवारले आफ्नी भदैनी ज्ञानी दनुवारलाई पीए राखेकी हुन ।

यता पीए राख्ने कुरामा नेकपाका सांसदहरु भने जोगिएका छन । नेकपाका सांसद विमल कार्कीले सागर नेपाल, कला घलेले संन्जीव कार्की, नारायण बहादुर बुर्जाले भुवन मगर र अम्बिका थापाले शम्भु प्रसाद सर्मालाई स्वकीय सचिव राखेका छन ।

श्रीमती, छोरा छोरी तथा आफन्तलाई स्वकीय सचिव राख्नु नै भ्रष्टचार भएको सूशासनको क्षेत्रमा लामो समय काम गरेका युवा विकास बन्जरा बताउँछन् ।

आफ्नै नजिको आफन्तलाई स्वकीय सचिव राख्ने संसदहरु :