बंगलादेश प्रिमियर लिगमा डेभिड वार्नरको कप्तानीमा मैदानमा उत्रिए नपाली हिरो सन्दिप लामिछाने (लाइभ भिडियो हेर्नुस)

काठमाडौं। बंगलादेश कै ठुलो लिग बंगलादेश प्रिमियर लिगमा नेपाली खेलाडी सन्दिप लामिछाने आज पहिलो खेलका लागि मैदानमा उत्रिएका छन् । सन्दिप आबद्ध टिम सिलेट सिक्सर्सले आज आफ्नो पहिलो खेल खेल्दैछ । सन्दिपको टिम सिलेट सिक्सर्सको कप्तानी अस्ट्रेलियाका डेभिड वार्नरले गर्दैछन् । आज सिलेट सिक्सर्सले पहिलो खेलमा कोमिला भिक्टोरियन्सको सामना गर्नेछ ।

कोमिला भिक्टोरियन्सको कप्तानी अस्ट्रेलियाकै पूर्वकप्तान स्टिभ स्मिथले गर्दैछन् । विदेशी खेलाडीको कोटामा सन्दिप, वार्नरसँगै वेष्ट इण्डिजका निकोलस पुरन र पाकिस्तानका मोहम्मद इरफान टिममा छन् । सन्दिप लामिछानेले आइपीएल र अस्ट्रेलियाको बिगब्यास लगायतमा खेली सकेका छन ।

खेलको लाइभ प्रसारण यहाँ हेर्नुहोस् :