मोरङमा दिपक दिपाको दमदार स्ट्यान्डीङ कमेडी – भिडियो सहित

बिराटनगर । मोरङको कानेपोखरी -६, रमाइलोमा हाँस्य कलाकार दिपाश्री निरौला, दिपकराज गिरी र मेनुका पौडेलले दर्शकहरुमाझ रमाइलो प्रश्तुतीका साथ स्थानीयवासीको प्रेमको प्रत्यक्ष अनुभव गरेका छन । पौष २० गते स्थानीय रमाइलोको स्वतन्त्र वाल क्लब उज्ज्वल भविष्य वालक्लबको चौथो वार्षिक उत्सवको अवसरमा पहिलो पटक आएका दिपकराज, दोश्रो पटक आएकी दिपाश्री र पहिलो पटक आएकी मेनुका पौडेलको प्रत्यक्ष कला हेर्न उल्लेख्य दर्शकको उपस्थिति रहेको थियो ।

उज्ज्वल भविष्य वाल क्लवले देश र विदेशमा ख्याति कमाएका कलाकारहरुलाई सम्मान गर्दैै विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको थियो । सांस्कृतिक प्रश्तुतिहरुका माझ विभिन्न विद्यालयका विद्यार्थीहरुको नृत्य प्रश्तुतिसँगै कानेपोखरी ६ विहिवारेको जूनतारा वाल क्लबलाई स्थानीय व्यापारी डिल्लीराम फुयाल र सन्तोष फुयालको प्रायोजनमा रहेको वाद्यसामाग्री प्रदान गरिएको थियो । प्रमुख अतिथि कानेपोखरी गाउँपालिकाका उपाध्यक्ष राजमती इङनाम रहेको समारोहमा दीपाश्री दिपकराज र मेनुकाको स्वागतका लागि नेवारी परम्पराको लाखे नाचका साथ मन्चमा लगिएको थियो ।

दिपक दिपाको ज्यान मार्ने कमेडी: