सुनचाँदी मुल्य घट्यो,यस्तो छ आजको भाउ

काठमाडौँ,२२  पुष २२ ।  नेपाली बजारमा आज आइतबार सुनको मुल्य घटेको छ । शुक्रबार तोलामा १ सय रुपैयाले बढेको सुनको मुल्य आज तोलामा सय रुपैयाले घटेको हो ।

शुक्रबार प्रतितोला ६० हजार ३ सय रुपैयामा किनबेच भएको छापावाला सुनको मुल्य आज तोलामा ५९ हजार ८ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज तेजावी सुनको मुल्य प्रतितोला ५९ हजार ५ सय रुपैंयामा किनबेच भइरहेको छ ।

त्यसैगरी,आज चाँदीको मुल्य पनि तोला १० रुपैयाले घटेको छ । शुक्रबार प्रतितोला ७ सय ६५ रुपैयामा किनबेच भइरहेको चाँदीको मुल्य आज तोलामा ७ सय ५५ रुपैयामा कायम रहेको महासंघले जनाएको छ ।