दीपिकाको आधिकारिक वेबसाइट शुरु भएको ३ घन्टामै क्र्यास !

एजेन्सी, २२ पुस । भर्खरै विवाह बन्धनमा बाँधिएकी बलिउड चर्चित अभिनेत्री दिपिका पादुकोणले आफ्नो ३३ औं जन्मदिनमा आफ्नो आधिकारिक वेवसाइट सुरू गरेकी छिन् ।

उनले दीपिकापादुकोण डटकम नामक आधिकारिक वेबसाइट शुरु गरेकी हुन् ।

शुक्रबार आफ्नो जन्मदिनको पूर्वसन्ध्यामा उनले आफ्ना प्रशंसकहरूलाई केहि गर्न लागेको जानकारी दिएकी थिइन् । त्यसको अर्को दिन शनिबार उनले वेबसाइट सुरू भएको जानकारी दिइन् ।

इन्सट्ग्राम एकाउन्टबाट उनले दीपिकापादुकोण डटकम सुरू भएको जानकारी दिएकी थिइन् । वेबसाइट सुरू भएगत्तै ३ घण्टामा नै उनको साइट अत्याधिक ट्यारिफका कारण क्र्यास भयो । यस्तै सर्भर झण्डै डाउनको अवस्थामा पुगेको थियो ।

पछिल्लो समयकी अत्याधिक चर्चित र लोकप्रिय बलिउड अभिनेत्रीको सूचिमा रहेकी दीपिकाले यस साइटबाट उनका प्रशंसकहरूलाई आधिकारिक जानकारी लिन सजिलो हुने बताएकी छिन् ।