प्रधानमन्त्री ओलीले आज संसदमा सम्बोधन गर्दै

काठमाडौं, २२ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा सम्बोधन गर्ने भएका छन् ।

आइतबार दिउँसो १ बजेपछि बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने भएका हुन् ।

प्रधानमन्त्री ओलीले यस अघि बिहीबार नै संसदमा सम्बोधन गर्ने तयारी थियो, तर अन्तिम समयमा आएर कार्यव्यस्तता भन्दै ओलीको सम्बोधन स्थगित भएको थियो ।

यतिबेला वाइड बडीका सम्बन्धमा सांसदबिच मत बाझिएको छ भने रेशम चौधरीको शपथ पनि भएको छ । प्रधानमन्त्री ओलीले आजको सम्बोधनमा वाइड बडी भ्रष्टाचारसहितका विषयमा बोल्ने सम्भावना छ ।