म्यान्चेस्टर युनाइटेड लगातार जित निकाल्दै एफए कपको चौथो चरण प्रवेश

काठमाडौं, २२ पुस । म्यानचेस्टर युनाइटेड एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ ।

गए राति भएको खेलमा घरेलु मैदानमा युनाइटेडले रिडिङलाई २–० गोलअन्तरले पराजित गर्दै युनाइटेड एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेको हो ।

युनाइटेडको जितमा हुवान माटा र रोमेलु लुकाकुले गोल गरे । माटाले खेलको २२ औं मिनेटमा नैै गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । उनले पेनाल्टीबाट गोल गरेका थिए ।

एकपछि अर्को आक्रमक खेल खेलेको युनाइटेडले पहिलो हाफको अतिरिक्त समयमा गोल गरेको थियो । यसपटक भने लुकाकुले गोल गर्दै युनाइटेडलाई २–० गोलको अग्रता दिलाएका थिए ।

पहिलो हाफमा दोब्बर अग्रता बनाएको युनाइटेडले दोस्रो हाफमा भने गोल गर्न सकेन । सुरुवाती समयदेखि नै दबाबमा खेलेको रिडिङले गोल गर्ने अवसर पाएपनि सदुपयोग गर्न नसक्दा हार ब्यहोरेको हो ।