२ महिनाको तलव ३० हजार अमेरिकी डलर !
काठमाडौं, २२ पुस । हिमाल पर्वतारोहणका पथप्रदर्शकले ३० हजार अमेरिकी डलरसम्म पारिश्रमिक लिने गरेको खुलेको छ ।
हिमालमा वर्षमा दुई पटक आरोहण हुने समयमा बढीमा दुई महिना काम गरेबापत् पर्वतारोही पथप्रदर्शकले यो पारिश्रमिक लिने गरेका हुन् ।
यो रकम हालको विनियम दरअनुसारको करिब ३३ लाख रुपैयाँ हो ।
आरोहीलाई शिखर चढाएर आधारशिविर झारेवापत् उनीहरुले वार्षिक ३३ लाख रुपैयाँ पारिश्रमिक लिने गरेका हुन् ।