एक करोडमा रेडक्रस उपशाखा भवन


पोखरा, २१ पुस | नेपाल रेडक्रस सोसाइटी उपशाखा पोखरा–१७ द्वारा छोरेपाटनमा एक करोड पाँच लाख ७१ हजार ८१७ को लागतमा चारतले पक्की भवन निर्माण सम्पन्न भएको छ । सो भवन निर्माणका लागि मन्त्री रवीन्द्र अधिकारीमार्पmत संसद् विकास कोषबाट रु सात लाख, पोखरा महानगरपालिकाबाट रु नौ लाख, संस्थाका विशिष्ठ, आजीवन र साधारण सदस्य गरी कूल ३९९ जनाबाट लगभग ७७ लाख सङ्कलन गरिएको थियो ।

नेपाल रेडक्रस सोसाइटीका नाउँमा सिद्धार्थ राजमार्गमा रहेको छ आना दुई दाम एक पैसा क्षेत्रफलको जग्गामा निर्माण गरिएको सो भवनका तीन वटा फ्ल्याट भाडामा दिइएको छ भने माथिल्लो तल्लामा हलसहितको कार्यालय रहेको छ ।

सो भवनको आज एक समारोहबीच पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले उद्घाटन गर्दै सामाजिक सेवामा समर्पित रेडक्रसकर्मीले सञ्चालन गर्ने प्रत्येक कार्यमा महानगरको सहयोग रहने बताउनुभयो ।

सभा भवनबाट भाडावापत मासिक प्राप्त हुने रु ६० हजार आवश्यकताका आधारमा सामाजिक क्षेत्रमा लगानी गर्ने लक्ष्य रहेको निर्माण समितिका संयोजक एवं शाखा उपसभापति झपिन्द्रराज रेग्मीले जानकारी दिनुभयो ।

कार्यक्रममा संस्थापका पूर्वअध्यक्ष गङ्गबहादुर हमाललाई दोसल्ला र सम्मानपत्र एवं भवन निर्माणमा योगदान पु¥याउने उपशाखाका उपसचिव विजयकुमार शाहीलाई कदरपत्रले सम्मान गरिएको थियो ।

उपशाखाका सभापति तीर्थ अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कास्कीका अध्यक्ष डोलराज पाण्डे, महानगर कार्यपालिका सदस्य राधिका शाही योगी, नेकपाका सुभास ढुङ्गाना, नेपाली काङ्ग्रेसका देवराज आचार्य, जनियर रेडक्रसका डिल्लीराम बराल, चूडामणि बराल, रुद्रनाथ अधिकारी, हरिप्रसाद श्रेष्ठलगायतले मानवीय सेवामा रेडक्रसले खेल्दै आएको भूमिकाका बारेमा चर्चा गर्नुभएको थियो । रासस

प्रतिक्रिया दिनुहोस
Advertisement