आगलागीमा १३ घर जलेर नष्ट भएका छन्

हुम्ला, २१ पुस | जिल्लाको दक्षिणी भेगमा पर्ने चङ्खिली गाउँपालिका वडा नं २ लिलीलेखला भन्ने ठाउँमा आज भएको आगलागीमा १३ घर जलेर नष्ट भएका छन् ।

स्थानीय बासिन्दाका अनुसार ती घरमा लागेको आगो अझै नियन्त्रणमा आइसकेको छैन । आगो निभाउने कार्य जारी रहेको जनाइएको छ । क्षतिको विवरण आउन बाँकी छ । रासस