हिमान्चल प्रदेशमा बस दुर्घटना : ६ जना स्कुले बालबालिकासहित चालकको मृत्यु ,१२ जना घाइते

सिमला, २१ पुस । भारतमा बस दुर्घटना हुँदा ६ जना स्कुले बालबालिकासहित चालकको मृत्यु भएको छ ।

शनिबार हिमाचल प्रदेशको पहाडी दुर्गम क्षेत्रमा एक बस खोँचमा झर्दा छ जनाको मृत्यु भएको हो । दुर्घटनामा अरु १२ जना घाइते भएको र उनीहरुलाई उद्धार गरी स्थानीय अस्पतालमा भर्ना गरिएको छ ।

दुर्घटनामा मारिने बालबालिकाहरु चारदेखि १४ वर्ष उमेरका रहेको सिरमाउर जिल्लाका वरिष्ट प्रहरी अधिकृत रोहित माल्पानीले बताउनुभयो ।

लापरबाही गरी सवारी चलाउने, साँघुरा र कमसल सडकका कारण हिमाचलका पहाडी इलाकाहरुमा बारम्बार सवारी दुर्घटना हुने गरेका छन् ।