सलमानले तीर हानेको भिडियो भाइरल ! (भिडियोसहित)

मुम्बई, २१ पुस । बलिउड सुपरस्टार सलमान खानले धनुषविद्याको लागि अभ्यास गर्दै गरेको एक भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि केहि समय अगाडी हरिण मारेको बिषयसंग जोडी टिप्पणी गर्न थालिएको छ ।

उक्त भिडियो भारतको गोवा मा शुट गरिएको हो । भिडियोमा सलमानले तीर चलाएको देखिएको छ । तर, उनले प्रयाशका लागि गरेको निशानामा उनी चुकेका छन् ।

उनलाई कालो हरिण मारेको बिषियसँग जोड्दै धेरैल सलमानले यसरी नै हरिण मारेका थिए भनेर समेत टिप्पणी गरिएको छ भने कसैले भविष्यमा हरिण मार्ने तयारी भनेर टिप्पणी गरेका छन् ।

सलमान हरिण मारेको मुद्दामा दोषी ठहरिएर केहि महिना अगाडि जेल समेत गएका थिए । राजस्थानको जोधपुर केन्द्रीय जेलमा दुई दिन बन्दी बनेका उनलाई अदालतले जमानतमा रिहा गरिदिएको थियो ।

हेर्नुहोस् उक्त भाइरल भिडियो :