फेरी आयो अर्को कडा नियम : अब स्वीकृतिबिना एसएमएस वा इमेल गर्न नपाइने !

काठमाडौं, २१ पुस । अब अनुमति नलिई कुनै खास प्रयोजनका लागि जथाभावी मोबाइल वा इमेलबाट सन्देश पठाउन नपाइने भएको छ ।

विज्ञापन नियमनसम्बन्धी सरकारले तयार गरेको कानुनको मस्यौदाको दफा १० अनुसार सम्बन्धित व्यक्तिको मञ्जुरीविना कसैको इमेल वा मोबाइलमा इमेल वा एसएमएसबाट विज्ञापन गर्न नपाइने भएको हो ।

तर सरकारले कुनै जानकारीमूलक सूचना वा विपद्को खबरका लागि भने इमेल वा एसएमएस गर्न सक्ने व्यवस्था गरिएको छ ।

विपद्को समयमा सर्वसाधारणको हितका लागि सञ्चारमाध्यमले निःशुल्क वा सहुलियत दलमा विज्ञापन प्रसारण गर्नुपर्ने बाध्यकारी व्यवस्था गरिएको छ ।