काठमाडौँमा किराँतहरुको साकेला सिली (फोटो फिचर)

काठमाडौँ, २१ पुस। किराँत समुदायको महान चाड उधौली आज काठमाडौँको टुँडिखेलमा सिली नाचेर सम्पन्न भएको छ । किराँतहरुको आ-आफ्नो थर अनुसार यसलाई तोसी, साकेला, साकेन्वा, चासोक तङनाम, चासुवार, फोलस्याँदर आदि पनि भनिन्छ । वर्षमा दुइ पटक मनाइने यस चाडलाई उधौली र उभौली अथवा साकेला भनेर पनि चिनिन्छ । मंसिरे पूर्णिमाको दिनदेखि उधौली मनाइन्छ भने बैशाखे पुर्णिमाबाट उभौली पर्व मनाइन्छ । १५ दिनसम्म यो चाड मनाइन्छ ।

किराँत सम्बत येलेदुङ ५०७८ सालको उधौली देशैभर धुमधामका साथ मनाइएको छ । यसलाई नै लिम्बू समुदायमा चासोक तङनाम भनिन्छ । उधौली चाड आदिवासीको बाहुल्यता रहेको पूर्वका पाँचथरसहित, ताप्लेजुङ, इलाम, तेह्रथुम, झापा, मोरङ, सुनसरी, धनुकटा, संखुवासभा, खोटाङ, सोलुखुम्बु र उपत्यकामा समेत विशेष महत्वका साथ मनाइन्छ ।

पुर्वान्चल तिर गाउ गाउ बस्ति बस्ति मनाइने यस चाडलाई काठमाडौँमा रहेका किराँतीहरुले पनि हर्सोल्लासका साथ मनाउदै आइरहेका छन ।

उधौली पर्व मानिस, जनावर तथा चराचुरुङगी लेकबाट बेँसीतिर झर्ने समय मंसिरे पूर्णिमादेखि मनाउने गरिन्छ भने अन्नबाली लगाउने बेला मानिस, जनावर तथा चराचुरुङगी लेकतिर जाने समय वैशाख पूर्णिमादेखि १५ दिनसम्म आदिवासी समुदायमा उभौली पर्व मनाउने प्रचलन छ ।

प्रकृति पुजक किरांत समुदायका राई, लिम्बू, याक्खा, सुनुवारलगायत जातिले महान् चाडका रूपमा यस चाडलाई लिन्छन ।

आज काठमाडौँको टुँडिखेलमा मनाइएको उधौली साकेला सिलीको तस्बिरहरु हेर्नुहोस :