विपन्न क्यान्सर परिवारलाई ५ लाख अनुदान पुर्याइने : प्रचण्ड (भिडियो सहित)

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरिब तथा विपन्न क्यान्सर बिरामीलाई दिइँदै आएको उपचार अनुदान पाँच लाख पुर्‍याइने बताएका छन्। नेपाल अर्बुदरोग निवारण संस्थाको २८ औं केन्द्रीय सभाको शुक्रबार भक्तपुरमा उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले क्यान्सर उपचार महंगो भएकाले अनुदान रकम पनि बढाउनुपर्ने बताएका हुन्।

अहिले गरिब तथा विपन्न क्यान्सर बिरामीलाई एकलाख रुपैयाँ उपचार अनुदान दिँदै आएको छ।’क्यान्सर जस्तो महंगो उपचार गर्न एकलाख अपुग छ, अध्यक्ष प्रचण्डले भने, ‘उपचार अनुदान पाँच लाख पुर्‍याउनुपर्छ।यहींअनुसार व्यवस्था गर्न म पहल गर्छु।’

आफ्नी आमा र छोरीलाई क्यान्सरकै कारण गुमाउनुपरेको सुनाउँदै उनले क्यान्सरबारे सबै जनतालाई बुझाउनुपर्नेमा जोड दिए।’क्यान्सर नबुझ्दा धेरैले दुःख पाउने गरेका छन्, उनले थपे, ‘त्यसैले क्यान्सरबारे बुझाउन जनचेतना फैलाउनुपर्छ। क्यान्सर बुझेपछि उपचारमा जाँदा पीडा महशुस हुनेछैन।’