चिकित्सा सेवामा फर्कदै पूर्व राष्ट्रपति रामवरण यादव

काठमाडौं । पूर्व राष्ट्रपति डा.रामवरण यादवले चिकित्सकीय सेवामा फर्कने संकेत गरेका छन्।

बीपी स्मृति सामुदायिक सहकारी अस्पतालको ११ औ बार्षिक साधारणसभालाई शनिबार सम्बोधन गर्दै पूर्व राष्ट्रपति यादवले चिकित्सकीय सेवामा फर्कने संकेत गरेका छन्।

उनले सरकारी अस्पतालमा दैनिक एक घण्टा सेवा गर्ने गरि काम गर्ने सोच बनाएको बताएका छन्। पूर्व राष्ट्रपति यादव राजनीतिमा आउनु भन्दा अघि बीपी कोइरालाको निजी चिकित्सक पनि थिए। कोइरालाकै संगतमा उनी राजनीतिमा आएका थिए।