युएईमा रहेका रसुवालीहरुले गरे मृगौला पीडितलाई आर्थिक सहयोग

काठमाडौँ । रसुवाली समाज युएइले रसुवाको उतरगया गाउँपालिका सिम्लेका दुवै मृगौला पीडित सुभास तामाङ बचाऔँ अभियानका लागि पन्ध्र हजार (१५,०००) सहयोग गरेको छ।

रसुवाली समाज युएईले सहयोग रकम सुभास तामाङ बचाऊ अभियानका अभियान्ता तथा कलाकार दावा फिन्जो तामाङ मार्फत पीडितलार्इ हस्तान्तरण गरिएको समाजका अध्यक्ष रामशरण पाण्डेले बताए।

त्यसैगरी अध्यक्ष पाण्डेले इन्टरनेशनल होटेल फेस्टिवल सिटी दुबैमा काम गर्ने ठाकुर रैला, प्रेम दास कार्की, सुबास अधिकारी, बिमल भण्डारी, लाल बहादुर, नमुना खत्री, जनार्दन उप्रेती, दिपेन्द्र थापा, दिनेश सुनुवार, मोहन बोहरा, सुशील तामाङ, बखत बहादुर लगाएतलाई समाजको तर्फबाट हार्दिक धन्यवाद दिएका छन्।

रसुवाली समाज युएईले भर्खरै केही दिन पहिला पनि दुवै मृगौला पिडित राम प्रसाद पौडेललाइ पनि आर्थिक सहयोग गरेको थियो भने केहि समय पहिला मुटु रोगी शेषमान लाई पनि आर्थिक सहयोग गरेको थियो।

रसुवाली समाज युएईले लामो समयदेखि रोजगारीको सिलसिलामा युएई र जिल्लामा रहेका पीडितहरुलाई सहयोग गर्दै आएको छ।