सालनालसमेत नकाटिएको बोरामा पोको पारेर फालिएको अवस्थामा शिशु फेला

चितवन, २१ पुस । जिल्लाको इच्छाकामना गाउँपालिका–४ लेवाटारमा सालनाल समेत नकाटिएको बेवारिसे अवस्थामा नवजात शिशु फेला परेको छ ।

लेवाटार र गोरखा शहीद लखन गाउँपालिकास्थित ठेवाटार जोड्ने पुलमुनि बोरामा पोको पारी फालेको अवस्थामा शिशु आज बिहान फेला परेको हो ।

शिशुलाई चितवन मेडिकल कलेज भरतपुरमा उपचारका लागि ल्याइएको प्रहरीले जनाएको छ । शिशु कस्ले छोडेको हो भन्ने विषयमा अनुसन्धान र खोजी भइरहेको जनाइएको छ ।