देशमा राजसंस्थाको आवश्यकता भएको डा. लोहनीको बुझाइ !

काठमाडौँ, २१ पुस । एकीकृत राष्ट्रवादी प्रजातान्त्रिकका अध्यक्ष डा.प्रकाश चन्द्र लोहनीले देशमा सेरोमोनियल राजाको आवश्यकता परेको बताएका छन् ।

शनिबार धनगढीमा पत्रकार सम्मेलन गर्दै लोहनीले यस्तो बताएका हुन् ।

उनले शासन जनताले गर्ने भएता पनि देशमा अहिलेको परिस्थितिमा सेरोमोनियल राजाको आवश्यकता टड्कारो महसुस भएको बताएका छन् ।

“नेपाल र नेपाली समाजको एकताका लागि राजसंस्था अहिलेको आवश्यकता हो” पत्रकार सम्मेलनमा उनले भने,”राजसंस्था भएन भने देश अस्थिरतामा मोडरी रहनेछ ।”

सरकारको कार्यशैलीको कारण देशको अर्थतन्त्र टाट पल्टिने अवस्था शिर्जना हुने बताउँदै लोहनी भन्छन्,” देश हाड लाइनरमा जाँदैछ । अहिले नेपाल रेमिट्यान्सले चलिरहेको छ : यदि सरकार गम्भीर भएन भने छिटै देशको अर्थतन्त्र टाट पल्टिने अवस्था छ ।”

देशमा वैकल्पिक राष्ट्रवादी शक्तिको आवश्यक भएको उनको बुझाइ छ ।