कार्यालय सहयोगी र चालकलाई मन्त्रालयले काखी च्याप्दै, जुन ठाउँ रोज्यो त्यहिँ पठाइ दिने !

काठमाडौं, २१ पुस । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिना श्रेणीका सरकारी कार्यालय सहयोगी र सवारी चालकलाई भने रोजेकै ठाउँमा पठाउने बताएको छ ।

मन्त्रालयले उनीहरुलाई कर्मचारी समायोजन अध्यादेश २०७५ मा सहभागी भइ आफुलाई पायक पर्ने ठाउँ रोज्न लगाउँदै रोजेकै ठाउँमा पठाउने बताएको हो ।

समायोजनका लागि अनलाइनबाट आवेदन दिने कार्य भइरहेको उल्लेख गर्दै मन्त्रालयले निकालेको सूचनामा श्रेणीविहीन कर्मचारीलाई समायोजन भई जाने ठाउँ रोज्न निर्देशन दिइएको छ ।

मन्त्रालयका शाखा अधिकृत टंकप्रसाद भट्टराईले निकालेको सूचनामा ‘सरकारी कार्यालयमा कार्यरत स्थायी कार्यालय सहयोगी र सवारी चालकलगायत श्रेणीविहीन कर्मचारीले आफूले चाहेको संघ, प्रदेश र स्थानीय तहको आफू कार्यरत कार्यालय वा अन्य कुनै कार्यालय छनौट गर्न सक्ने’ उल्लेख छ ।

छनौट गरेका स्थानीय वा प्रदेश कार्यालयमा रिक्त रहेको दरबन्दीमा समायोजन गरी पठाइने मन्त्रालयले जनाएको छ ।

सूचना हेर्नुहोस् :