सेतो दुबी र आर्थिक अभावका कारण यी दिदिभाई दृष्टिबिहिन बन्दै !

बेलबारी, २१ पुस । एकै परिवारका दिदीभाईले सेतो दुबीका कारण आँखाको ज्योति गुमाउन लागेका छन् ।

मोरङको बेलबारी नगरपालिका वडा नम्बर ९ का स्थानीय नलबहादुर धिमालका २२ बर्षिया छोरी आस्मा धिमाल र ८ बर्षका छोरा अमित धिमाल सकुशल जन्मिएपनि केही महिना पछि देखि जिउमा सेतो दुबी देखापरेको र उपचार गराउन नसक्दा यतिबेला सो दुबी शरिरभरी फैलिएको र घाउ समेत हुन थालेपछि उनीहरुले आँखाको ज्योति समेत गुमाउँदै गएका हुन ।

आस्मा जन्मिएको ६ महिना र अमित जन्मिएको ३ महिनापछि उनीहरुको शरिरमा सेतो दुवी आएको बाबु नलबहादुर बताउँछन । आर्थिक अभावकै कारण उपचार गर्न सम्भव नभएको र उनीहरुलाई राम्रो हस्पिटलमा लैजान नसकेको उनले दुखेसो पोखे । ५ जना छोराछोरीमध्ये ३ जना सकुशल छन भने २ जनामा यस्तो समस्या देखिएको उनले बताए ।

अरुको जमिनमा खेती गरेर परिवार पाल्दै आएका धिमाल दुबै छोरीछोरीको आँखा समेत बन्द हुादै गएपछि थप चिन्तामा परेका छन । उनले उपचारका लागी सहयोगी मनहरुसँग आग्रह समेत गरेका छन ।