यात्रु नै नपाए पछि सोलुखुम्बु फाप्लु–विराटनगर उडान संधैंका लागि रद्द !

सोलुखुम्बु, २१ पुस । फाप्लुदेखि विराटनगर जाने यात्रु अभाव भएकाले नेपाल वायुसेवा निगमको फाप्लु–विराटनगर उडान तालिका रद्द गरिएको छ ।

गत कात्तिक ९ गतेदेखि प्रत्येक हप्ताको शुक्रबारका दिन फाप्लु -बिराटनगर उडान तालिका राखिएको र बिमान उडान भर्न तयार रहे पनि यात्रु नपाएकोले तालिका रद्द गरिएको हो ।

निगमका फाप्लु इन्चार्ज गणेशकुमार श्रेष्ठका अनुसार वायुसेवा निगमले यही पुस २४ गते ८ तारिखदेखि लागू हुने गरी उडान तालिका रद्द गरेको हो । अब यात्रु भए पनि उडान नहुने इन्चार्ज श्रेष्ठले बताउनुभयो ।

सोलुखुम्बुका नागरिक भने सल्लेरी विराटनगर सिधा सडक सञ्जाल जोडिएकाले सडक मार्गहँुदै जाने गरेका छन् ।