बक्स अफिसमा ‘सिम्बा’को अनपेक्षित व्यापार, ७ दिनमै नाघ्यो १५० करोड !

मुम्बई, २१ पुस । रणवीर सिंह र सारा अलि खानको फिल्म ‘सिम्बा’ले प्रदर्शनको ७ दिन बितिसक्दा पनि बक्स अफिसमा आक्रामक व्यापार गर्न छोडेको छैन ।

७ दिनमा १५० करोडको कारोवार गरेको फिल्मले अनपेक्षित व्यापार गरिरहेको हो ।

फिल्म २ सय करोडको आँकडातर्फ अघि बढिरहेको ट्रेड एनालिस्टले बताएका छन् ।

सिम्बा भन्दा अघिल्लाे साता प्रदर्शनमा आएकाे सुपरस्टार शाहरूख खानकाे फिल्म जिराेले अपेक्षित व्यापार नगरेका बेला रणवीरकाे फिल्मले आक्रामक व्यापार गरेपछि विश्लेषकहरू २ सय कराेडकाे क्लबमा सजिलै प्रवेश गर्नेमा ढुक्क छन् ।

तथ्यांक अनुसार फिल्मले पहिलो दिन २०.७२ करोड, दोस्रो दिन २३.३३ करोड र तेस्रो दिन ३१.०२ करोड कमाएको छ । तीन दिनमा कुन ७५ करोड कमाउन सफल भयो । चौथो दिन सोमवार २१.२४ करोड र मंगलवार २६ करोड, बुधवार १४.४९ करोड, विहीवार ११.७८ करोडको व्यापार गरेको ट्रेड एनालिस्ट तरुण आर्दशले जानकारी दिएका छन् ।

बलात्कार, अपराध र प्रहरीकाे भूमिका विषय उठान गरेको फिल्ममा रणवीरका अलावा सारा अली खान, अजय देवगन, अक्षय कुमार छोटो भूमिकामा छन् ।