यो हो विश्वकै महङ्गगो स्कुल, कति लाग्छ त शुल्क ?

काठमाडौ, २१ पुस । प्रत्येक अभिभावकले आफ्ना बालबालिकाको उज्वल भविष्यको लागि बिद्यालयले निर्धारण गरेअनुसारको जति महँगो शुल्क पनि तिर्न पछि पर्दैनन् । तर पछिल्लो समय नेपालका निजि बिद्यालयहरुले बिना गुणस्तरीय शिक्षाको शुल्क अत्याधिक लिने गरेको आम जनगुनासो सुन्नमा आउँछ । यसै सन्दर्भमा आज हामी तपाइँलाई यस्तो एउटा स्कुलको बारेमा जानकारी दिन लागिरहेका छौं, जसको शुल्क सुन्दा नै होस् हवास उड्नेछ ।

हो, स्विजरल्यान्डको एक बिद्यालयले विश्व कै महङ्गगो शुल्क लिएर विद्यार्थीलाई अध्ययन अध्यापन गराइरहेको छ । यस विद्यालयमा पढनका लागी एउटा बच्चा बराबर वार्षिक ८७००० पाउण्ड स्टेर्लिंग भन्दा बढी शुल्क तिर्नु पर्छ ।

सन् १८८०मा पल एमिली कर्नरले स्थापना गरेका यस विश्व प्रसिद्ध ईन्टरनेशनल विद्यालयमा मुख्यतया अंग्रेजी सहित फ्रेन्च भाषाका पुस्तकहरु राखिएका छन भने यहाँ भरपूर मात्रामा अतिरिक्त क्रियाकलापको आयोजना गरिनुका साथै थुप्रै खेलकुदका सामग्रीहरु राखिएका छन् ।

आफ्ना छोराछोरीलाई राम्रो शिक्षा दिक्षा दिएर भविष्य उज्जल बनाउने उदेश्यले यस्तो महङ्गगो शुल्क तिरेर पढाएको अभिभावकले बताएका छन ।

यस विद्यालयमा शाही तथा अन्य ठूला परिवारका गरेर जम्मा ४०० जना विद्यार्थीहरु रहेका छन् भने ५ जना विद्यार्थीका लागि एक जना शिक्षक छुटाउने गरिएको छ । पढ्न आउने सम्पूर्ण विद्यार्थीहरुलाई होस्टेलमानै बसेर अध्यापन गराइने गरीएको छ ।

यसको अर्को बिशेषता भनेको विद्यालय पहाडको बिचमा रहेकाले गर्मि र जाडो मौषममा स्कूल तथा स्थान परिवर्तन गर्ने गरिन्छ, जस कारण विद्यार्थीहरु फरक वातावरणमा रमाएर पढने गरेका छन् ।