चर्चित बलिवुड सिंगर नेहा कक्करलाई डिप्रेसन

एजेन्सी। पछिल्लो समय निक्कै तनावमा रहेको चर्चित बलिउड गायिका नेहा कक्करले आफ्ना फ्यानहरुलाई अर्को दुखद खबर सुनाएकी छन । इन्डियन आइडलकी जज समेत रहेकी नेहा कक्कड्ले आफू डिप्रेसनमा रहेको खुलासा गरेकी हुन्। उक्त कुराको खुलासा शुक्रबार इन्स्टाग्रामबाट गरेकी हुन्। उनले ‘संसारका नकारात्मक मानिसहरूले सफलतापूर्वक आफूलाई आफ्नो जीवनका खत्तम दिनहरू दिएका कारण डिप्रेसनमा पुगेको उल्लेख गरेकी छन्।

गायिका नेहाको हालै प्रेमी हिमाशं खोलीसँग ब्रेकअप भएको थियो । उनले कठिन समयसँग जुधिरहेकाले आफूलाई खुशीसाथ बाँच्न दिन सबैसंग अपिल गरेकी छन्। ब्रेकअपका कारण नेहा केहि समय इन्डियन आइडलको कार्यक्रममै रोएकी थिइन्। भारतीय संचारमाध्यका अनुसार नेहा हाल अत्याधिक पीडामा छिन्। हिमांशसंग उनले विबाह नै गर्ने भन्दै सार्बजनिक रुपमै बोल्दै आएकी थिइन । उक्त कुरा रियालिटी शोमा समेत सबैमाझ बताएकी उनको एकाएक ब्रेकअप भएपछी डिप्रेसनमा गएको बुझिएको छ ।

लामो समयको प्रेम विछोडबाट हतासिएकी नेहाले इन्स्टाग्राममा यस्तो लेखेकी छन् :

‘म स्पष्ट पार्न चाहन्छु। यो एक वा दुई जनाको कारण नभइ सारा संसारका कारण भएको हो। उनीहरूले मलाई खुशीसाथ व्यक्तिगत जीवन बाँच्न दिइरहेका छैनन्। म र मेरो कामलाई माया गर्ने सबैप्रति कृतज्ञ छु। तर मलाई के भइरहेको छ भन्ने नबुझि मेराबारेमा जथाभावी टिप्पणी गर्ने र धारणा बनाउनेहरूलाई म मलाई खुशीसँग बाँच्न दिन आग्रह गर्दछु। कृपया कुरा नबुझी निर्णायक मत नराख्न म याचना गर्दछु। कृपया मलाई जिउन दिनुहोस्।’