तपाईको नाम इशा लामिछाने हैन इश्वरी श्रेष्ठ हो, अझै किन लामिछाने थर राख्नु भएको भन्दै चर्चित समाजसेवी इशा गुरुङले रबि लामिछानेको पुर्व पत्नीलाई गरिन प्रश्न

काठमाडौँ । चर्चित पत्रकार रवि लामिछानेको अत्यन्त निजी जीवनको बारेमा विभिन्न व्यक्तिहरुले बोल्ने बाटो पाएका छन । तर उनको चरित्र हत्या गर्न अरु भन्दा पहिले उनकै पुर्व पत्नी अघि सरेको पाइएको छ । यसै विषयमा चर्चित समाजसेवी इशा गुरुङले पनि मुख खोलेकी छिन ।

रबि लामिछानेको पुर्वपत्नी इशा लामिछानेको असली नाम इश्वरी श्रेष्ठ हो, तर सम्बन्ध बिच्छेद पछी पनि उनले लामिछाने नै थर राखेको भन्दै आपत्ति समेत जनाएकी छन । उनले आफ्नो छोरीहरुको भविष्यको पनि ख्याल नगरेको आरोप समेत लगाएकी छन ।

इशा गुरुङ्गले आफ्नो फेसबुकमा लेखेको स्टाटस तल जस्ताको त्यस्तै :

”इशा लामिछाने बहिनि प्रति मेरो घोर आपात्ति / हजुरको असली नाउ हो इश्वरी श्रेष्ठ , हजुरको रबी लामिछाने जी सँग कानुनी रूपमा सम्बन्ध बिच्छेद भइसकेको छ , अझै हजुरले लामिछाने थर किन राख्नु भयो ? र किन छोरीहरूको उज्जल भबिस्यलाइ ख्याल नगरी परिवारिक कुरा यसरी बाहिर ल्याउनु भयो ? यदि हजुर एक असल आमा हो भने यसरी एक बाबा प्रति यति धेरै आरोप लगाउन हुदैन थियो , हजुरलाइ रबी जी प्रति आरिस जलन अबस्य भएकै हो तर आमाको कर्तब्य हजुरले बिरसनु भयो .. हजुरलाइ आखिर फाइदा केहि मिल्यो ?????”