ईश्वर पोखरेलको गीतमा रबिन भुजेल र सारा सिर्पालीको दमदार अभिनय (भिडियो सहित)

काठमाडौँ, २१ पुस । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज अस्ट्रेलियाका सल्लाहाकार ईस्वर पोखरेलले नया गीत सार्बजनिक गरेका छन् ।

पोखरेलले ‘कति राम्री’ बोलको गीत शुक्रबार सार्बजनिक गरेका हुन् ।

यस गीतमा नारायण भण्डारिको शब्द रहेको छ भने आशीष अबिरलको संगीत रहेको छ ।

उक्त गीतमा चर्चित नेपाली डान्स रियालिटि शो बुगी वुगीका रविन भुजेल र अभिनेत्री सारा सिर्पालीलाई फिचारिङ गरिएको छ । उनीहरुलाई नेपाली ठिटोज समूहले उनीहरुलाई साथ दिएका छन् ।

सुनिल क्षेत्रीको निर्देशन रहेको उक्त गीतमा नेपालको प्राकृतिक सौन्दर्यसँग प्रेमिकाको तुलना गरिएको छ ।

हेर्नुस् भिडियो :