बसको ठक्करबाट मोटरसाइकल चालक रवीन्द्रको मृत्यु

चितवन, २१ पुस । भरतपुरमा गए राती सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत भरतपुर महानगरपालिका–३ लायन्सचोकमा बसले मोटरसाइकललाई ठक्कर दिँदा भरतपुर महानगरपालिका–२ बस्ने ४४ वर्षीय रवीन्द्र रिजालको मृत्यु भएको हो ।

वीरगञ्जबाट नारायणगढतर्फ जाँदै गरेको ना५ख ५०६० नंको बसले बिपरीत दिशाबाट आउँदै गरेको बा४०प ९२०६ नं को मोटरसाइकललाई ठक्कर दिएको थियो ।

बसको ठक्करबाट गम्भीर घाइते भएका रिजालको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो । ठक्कर दिने बस र चालकलाइ प्रहरीले नियन्त्रणमा लिएकाे छ ।