सशस्त्रका सिपाही र हवल्दारलाई लामो बिदामा पठाएर रासनभत्ता हाकिमले झ्वाम !

काठमाडौं, २१ पुस । नेपालको जुनसुकै निकाय पनि भ्रष्टाचारमुक्त हुन सकेको छैन । उच्च पदस्थ व्यक्ति नै भ्रष्टाचारमा संलग्न भएको सुन्नमा आउँछ । यसै सन्दर्भमा सशस्त्र प्रहरीभित्र रासनमा ठुलो अनियमितता भएको समचार आजको नयाँपत्रिका दैनिकले छापेको छ ।

सशस्त्र प्रहरीलाई रासनबापत नगद नै दिन भनिए पनि त्यसमै अनियमितता भएको छ । सिपाही–हवल्दारलाई लामो समय विदामा पठाएर रासनभत्ता हाकिमले लिने गरेको सशस्त्र प्रहरी मुख्यालयको छाबविनमा खुलेको छ ।

रासन हिनामिना गरेको खुलेपछि दुई गुल्मपतिलाई कारबाही भएको सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी सुरजकुमार श्रेष्ठले बताए ।

मुस्ताङको गुल्ममाा कार्यरत डिएसपी हरिबहादुर गुरुङ र खोटाङको गणमा कार्यरत डिएसपी धनबहादुर बानियाँमाथि कारबाही चलाइएको उनले बताए । दुवैलाई गुल्म गणपतिबाट हटाएर विभागीय कारबाही गरिएको हो ।

रासनभत्तामा अनिमितताको उजुरी बढेपछि प्रहरी प्रधान कार्यालयको विशेष टिम नै बनाएर बाहिनी, गण, गुल्म तथा बोर्डर आउटपोष्ट (बिओपी) का प्रमुखमाथि कारबाही थालेको हो ।