झन्डै २५ ग्राम ब्राउन सुगरसहित झापाबाट दम्पती पक्राउ !

भद्रपुर, २१ पुस । झापाबाट लागुऔषध ब्राउन सुगरसहित एक दम्पतीलाई प्रहरीले पक्राउ गरेको छ ।

विर्तामोड नगरपालिका–५ का ३१ वर्षीय विकास गुरुङ र उनकी २० वर्षीया श्रीमती सेञ्जल लिम्बूलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार अर्जुनधारा नगरपालिका–६ स्थित पुष्पपाल चोकमा डेरा गरी बस्ने लिम्बू दम्पतीलाई विशेष सूचनाको आधारमा सो ब्राउन सुगरसहित कोठाबाटै पक्राउ गरेको हो । उनीहरुको साथबाट २४.७१ ग्राम ब्राउन सुगर बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता महेन्द्र श्रेष्ठले बताए ।

प्रहरीले थप अनुसन्धानका लागि उनीहरुलाई इलाका प्रहरी कार्यालय विर्तामोडमा राखिएको जनाएको छ ।